अध्याय एक - सैनिकहरुको लेखाजोखा
1. (संजयसंग) धृतराष्ट्रले भने : हे संजय ! कुरुक्षेत्रको पवित्र भूमिमा लडाईंको लागि जम्मा भएका मेरा र पाण्डुका छोराहरू के गर्दै छन् ?
2.संजयले भने : युद्धका लागि तम्तयार भएर उभिएका पाण्डवसेना हेर्दै राजा दुर्योधन आफ्ना गुरु द्रोणाचार्य नजिकै पुगेर यसरी बोले |
3.हे गुरुवर ! तपाईंको परम बुद्धिजीवी शिष्य धृतद्युम्नले तयार परेको मोर्चाबंदीमा उभिएका पाण्डवहरुको विशाल सेना नजरहोस् |
4-7 यस
सेनामा महान् बीर एवं धनुर्धारी भीम र अर्जुन, सिपालु सत्यकी, राजा विराट,
महायोद्धा द्रोपद, धृष्टकेतु, चेकितान, अजेय काशीराज, पुरुजित, कुन्तिभोज,
सत्यवादी शैब्य, प्रभावशाली युधामन्न्यु, अजेय उत्तमौजा, द्रोपदीपुत्र
अभिमन्यु इत्यादि सबै महान् बीर एवं नि:सन्देह अजेय योद्धा छन् | हे द्विजश्रेष्ठ ! अब आफ्ना पक्षमा रहेका सेना-नायक र बीरहरुका वारेमा पनि तपाईं समक्ष जानकारीका लागि वर्णन गर्दछु |
8.मेरो
सेनामा सदैव विजयी हजुर स्वयं, पितामह भीष्म, कृपाचार्य, अश्वोत्थामा,
विकर्ण, र सोमदत्तका छोरा भूरीश्रवा आदि बीरहरू हुनुहुन्छ |
9.यहाँ
मेरोलागि आफ्नो जीवनको समेत कुनै पर्वाह नगर्ने अरुपनि असंख्य बीरहरू छन् |
रह सबै अनेकौं थरिका हतियारहरुले सजिएका र युद्धका लागि ज्यादै कुशल छन् |
10.पितामह भीष्मको सेनापतित्वमा रहेको हाम्रो सेना हाम्रालागि पूर्ण सुरक्षित छ बने भीमको अगुवाइमा रहेको तिनको सेना पनि कम छैन |
11.हजुरहरु सबैले सेनामा अ-आफ्नो मोर्चामा रहेर चारैतिरबाट पितामह भीष्मलाई सहयोग गर्नुहोस् |
12.त्यसपछि, दुर्योधनलाई उत्साहित गराउदैं कुरुबंशका हजुर-बाबा बलबान् पितामह भीष्मले बाघझैं गर्जने आफ्नो शंख जोडले फुक्नु भयो |
13.अनि,
अनायास नै शंखहरु, दमाहाहरु, स-सङ मादलहरू, नरसिंहाहरु र अन्य थरीथरीका
वाद्य-साधनहरू जोड-जोडले बज्न थाले जसका कारण ठूलो कोलाहल सुनियो |
14.त्यसपछि, सेता घोडाहरुले तानेको ठुलो रथमा सवारी भएका श्रीकृष्ण र अर्जुनले अ-आफ्ना दिव्य शंख बजाए |
15.ऋषिकेश
श्रीकृष्णले आफ्नो पंचजन्य नामक शंख, अर्जुनले देवदत्त, धेरै आहार खाने
जस्तोपनि काम गर्न सक्ने भीमसेनले पौन्ड्र नामको शंख बजाए |
16-18. हे राजा धृतराष्ट्र ! त्यसपछि कुन्तिपुत्र राजा युधिष्ठिरले अनन्त-बिजय नामको शंख, नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामक शंख बजाए भने महाप्राण काशीराज, महारथ शिखण्डी, धृष्टद्युम्न, बिराट, बलबान् सत्यकी, द्रुपद, द्रोपदी र द्रोपदी र सुभद्राका छोराहरुले पनि अ-आफ्ना शंखहरु जोडले बजाउन थाले |
19.थरिथरिका शंखहरू बज्नाले निस्किएको ठुलो हल्लाले पृथ्वी-आकाश समेत धृतराष्ट्रका छोराहरूको हृदयलाई छियाछिया बनाउन थाल्यो |
20.हे राजा ! त्यसपछि हनुमानको झण्डा भएको रथमा सबार भएर अर्जुनले आफ्नो धनुष हातमा उठाएर बाण चलाउनै लागेको बेलामा धृतराष्ट्रका सन्तानलाई सैनिक संरचनामा उभिएको भेटेर कृष्णसंग यी वचन भने :
21-22. अर्जुनले भने - हे
अच्युत ! कृपया मेरो रथ दुवै सेनाहरुद्को माँझमा लगेर उभ्याउनु होस् !
यहाँ कुटील दुर्योधनको पक्षमा लागेर हामीसंग लडाई गर्न आएका को-कोसँग मैले
लड्नु पर्नेछ, हेर्छु |
23. धृतराष्ट्रको नराम्रा बिचार भएको छोरा दुर्योधनलाई खुसिपार्नका लागि लड्न यहाँ भेला भएका यी सबैलाई बुझ्न चाहन्छु |
24. संजयले भने: हे भारत ! अर्जुनले श्रीकृष्णलाई यसरी भनेपछि उनले उनी चढेको उत्तम रथलाई दुवै सेनाका बीचमा लगेर उभ्याईदिए |
25. भीष्म, द्रोण एबं संसारभरिका सबै प्रमुख राजाहरुका अगाडि श्रीकृष्णले अर्जुनलाई ‘हे पार्थ ! यहाँ युद्धका लागि भेला भएका कुरुबंशिहरुलाई हेर’ भन्नुभयो |
26. दुवै
सेनाका माँझवाट उभिएर हेर्दा असलमा अर्जुनले दुवै सेनातर्फ वुबा पर्नेहरु,
हजुरबाहरु, गुरुहरू, मामाहरू, दाईभाईहरू, छोराहरू, नातिहरू, साथीहरु,
ससुराहरू एवं आफ्ना शुभचिंतक समेतलाई देखे |
27. कुन्तिपुत्र अर्जुनले यसरी त्यहाँ सवै साथी-सम्बन्धिहरुलाई देखेपछि अत्यन्त करुणामय भएर पीर मान्दै यसरी भने |
28. अर्जुनले भने - हे कृष्ण ! मेरा अगाडि युद्धका निमित्त उभिएका आफन्तहरुलाई देखेर मेरो शरीर कामिरहेको छ भने मुख पनि सुकिरहेको छ |
29-31. मेरो सम्पूर्ण शरीर थरथर कामिरहेको छ, शरीरका रौं ठडिएका छन्, मेरो गाण्डिव धनुष हातवाट चिप्लिदै छ र मेरो छाला पोलिरहेको छ |
हे केशव ! मेरो मन वरालिएको र उभिन समेत मलाई असजिलो परिरहेको छ भने अमंगल मात्रै देखिरहेको छु |
हे
कृष्ण ! युद्धमा आफन्तलाई मारेर न म आफ्नो कुनै श्रेय देख्छु न ता जितेपछि
प्राप्त हुने राज्य र राजकीय सुखसत्ता प्रति नै मेरो कुनै अभिरुचि नै
रह्यो |
32-35. हे
गोविन्द ! जसका लागि हामी राज्य, भोग, सुखसम्पदाहरू चाहन्छौं तिनिहरू नै
आ-आफ्नो प्राण र धनको माया मारेर युद्ध गर्न मैदानमा उभिएका छन् भने त्यो
राज्य, भोग र जीवन समेतले हामीलाई के उपलब्धि भयो ? त्यसैले हे मधुसुदन !
मलाई विजय र राज्यको सुखसुबिधा केही पनि चाहिएन ! पितामहहरु, छोराहरू,
हजुर-बाहरू, मामाहरु, नातिहरु, साला-जेठानहरू र अन्य नातेदारहरु लडाईं लड्न
मेरा अगाडि उभिएका छन् | यो पृथ्वीको त कुरै छोडौं तीनै लोकको शासन पाए
पनि म यिनीलाई मार्न चाहन्न ! यिनीहरुले नै बरु मलाई मारुन् ! हे जनार्दन !
यी धृतराष्ट्रका छोरालाई मारेर हामीलाई के आनन्द होला र ?
36. यस्ता पापिहरुलाई मार्यों भने पनि हामीलाई नै पाप लाग्ने छ, त्यसैले यी
धृतराष्ट्रका छोरा र अन्य बान्धवहरूलाई मार्नु हाम्रा लागि उचित छैन | हे
माधव ! यी आफन्तलाई मारेर हामीलाई के लाभ होला अनि, के सुख नै होला र ?
36-38. हे
जनार्दन ! यी कौरवहरुको बुद्धि लोभले भ्रष्ट भएकोले यिनीहरुले आफ्ना
परिवार र मित्रहरुसंग झगडा गर्नु र मार्नुमा समेत कुनै दोष देख्दैनन् |
असल र कमअसल बीचको फरक जान्ने हामी किन यस्तो पापकर्म गर्न तम्सिने ?
39. वंशको नाश संगै सनातन कुलपरम्परा पनि लोप हुन्छन् र सनातन धर्मको बाटोबाट विचलित भएको वंश पापकर्ममा संलग्न हुनसक्छ !
40. हे
काले ! कुलमा अधर्म थालेपछि सो कुलका महिलाहरु नराम्रो काममा लाग्छन् र
यस्ता आइमाईहरूबाट नचाहिएका वर्णसंकर सन्तानहरू जन्मिन्छन् |
41. वर्णसंकर
सन्तान जन्माएर तिनबाट सनातनधर्म लोप गर्न सघाउने कुलानाशी हुन्छन् र
यस्ता कुलनाशीका पितृहररू श्राद्धकर्मको अभावले नरकमा खस्छन् |
42. अधर्मीले
गरेका पापकर्मका कारण वर्णसंकर सन्तति उत्तपन्न हुन्छन् र तिनका पापमय
कार्यहरुले जातिधर्म तथा कुलाधर्मको समेत विनाश हुन्छ |
43. हे जनार्दन ! सनातन धर्मको विनाश गर्नेहरु सदैवका लागि नरकमा कोचिन्छन् भन्ने कुरा मैले परम्पराबाट सुनेको छु |
44. ओहो ! क्या अचम्मको कुरा कि हामी सामान्य राज्यसुख प्राप्तिका लागि आफन्तहरुलाई मार्नेजस्तो महान् पाप गर्न तम्सिएका छौं |
45. युद्धमा
कुनै प्रकारको प्रतिरोध नगर्ने मलाई आफ्ना हातमा अस्त्रशस्त्र लिएर
लड्नलाई तम्तयार धृतराष्ट्रका छोराहरूले मर्छन् भने बरु मेरालागि असल हुनेछ
|
46. संजयले भने : लडाईंको त्यो मैदानमा अर्जुनले एतिकुरा भनेर आफ्नो धनुवाण एकातिर पन्छाएर मनले शोकाकुल हुँदै रथमा गएर थुचुक्क बसे |
|| यसरी श्रीमद्भागवतगीताको “कुरुक्षेत्रको लडाईं मैदानमा सेना निरिक्षण” नामको पहिलो अध्याय सकियो ||
|| यसरी श्रीमद्भागवतगीताको “कुरुक्षेत्रको लडाईं मैदानमा सेना निरिक्षण” नामको पहिलो अध्याय सकियो ||