Tuesday, December 11, 2018

अध्याय १


          अध्याय एक -  सैनिकहरुको लेखाजोखा




अध्याय 1  श्लोक 1 
 धृतराष्ट्र उवाच |
धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः |
मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय ||1||

भावार्थ:

 (संजयसंग) धृतराष्ट्रले भने : हे संजय ! कुरुक्षेत्रको पवित्र भूमिमा लडाईंको लागि जम्मा भएका मेरा र पाण्डुका छोराहरू के गर्दै छन् ?




अध्याय 1  श्लोक 2

                                  सञ्जय उवाच ।
                       दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा ।
                      आचार्यमुपसङ्गम्य राजा वचनमब्रवीत् ।। 2।।



भावार्थ :

संजयले भने : युद्धका लागि तम्तयार भएर उभिएका पाण्डवसेना हेर्दै राजा दुर्योधन आफ्ना गुरु द्रोणाचार्य नजिकै पुगेर यसरी बोले |

अध्याय 1  श्लोक 3

                पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम् ।
                व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता ।। 3।।

भावार्थ :

हे गुरुवर ! तपाईंको परम बुद्धिजीवी शिष्य धृतद्युम्नले तयार परेको मोर्चाबंदीमा उभिएका पाण्डवहरुको विशाल सेना नजरहोस् |



अध्याय 1  श्लोक 4-7

अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि
युयुधानो विराटश्च द्रुपदश्च महारथ: || 4||
धृष्टकेतुश्चेकितान: काशिराजश्च वीर्यवान् |
पुरुजित्कुन्तिभोजश्च शैयश्च नरपुङ्गव: || 5||
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् |
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा: || 6|
अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम |
नायका मम सैन्यस्य संज्ञार्थं तान्ब्रवीमि ते || 7||


भावार्थ :


यस सेनामा महान् बीर एवं धनुर्धारी भीम र अर्जुन, सिपालु सत्यकी, राजा विराट, महायोद्धा द्रोपद, धृष्टकेतु, चेकितान, अजेय काशीराज, पुरुजित, कुन्तिभोज, सत्यवादी शैब्य, प्रभावशाली युधामन्न्यु, अजेय उत्तमौजा, द्रोपदीपुत्र अभिमन्यु इत्यादि सबै महान् बीर एवं नि:सन्देह अजेय योद्धा छन् | हे द्विजश्रेष्ठ ! अब आफ्ना पक्षमा रहेका सेना-नायक र बीरहरुका वारेमा पनि तपाईं समक्ष जानकारीका लागि वर्णन गर्दछु |


अध्याय 1  श्लोक 8

                     भवान्भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जय: |

                     अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च || 8||


भावार्थ :

मेरो सेनामा सदैव विजयी हजुर स्वयं, पितामह भीष्म, कृपाचार्य, अश्वोत्थामा, विकर्ण, र सोमदत्तका छोरा भूरीश्रवा आदि बीरहरू हुनुहुन्छ | 




अध्याय 1  श्लोक 9

अन्ये च बहव: शूरा मदर्थे त्यक्तजीविता: |
नानाशस्त्रप्रहरणा: सर्वे युद्धविशारदा: || 9||

भावार्थ :


यहाँ मेरोलागि आफ्नो जीवनको समेत कुनै पर्वाह नगर्ने अरुपनि असंख्य बीरहरू छन् | रह सबै अनेकौं थरिका हतियारहरुले सजिएका र युद्धका लागि ज्यादै कुशल छन् |


अध्याय 1  श्लोक 10

अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् |
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् || 10||

भावार्थ :

पितामह भीष्मको सेनापतित्वमा रहेको हाम्रो सेना हाम्रालागि पूर्ण सुरक्षित छ बने भीमको अगुवाइमा रहेको तिनको सेना पनि कम छैन |
अध्याय 1  श्लोक 11

                    अयनेषु च सर्वेषु यथाभागमवस्थिता: |
               भीष्ममेवाभिरक्षन्तु भवन्त: सर्व एव हि || 11||

भावार्थ :

हजुरहरु सबैले सेनामा अ-आफ्नो मोर्चामा रहेर चारैतिरबाट पितामह भीष्मलाई सहयोग गर्नुहोस् |


अध्याय 1  श्लोक 12

                तस्य सञ्जनयन्हर्षं कुरुवृद्ध: पितामह: |
               सिंहनादं विनद्योच्चै: शङ्खं दध्मौ प्रतापवान् || 12||




भावार्थ :

त्यसपछि, दुर्योधनलाई उत्साहित गराउदैं कुरुबंशका हजुर-बाबा बलबान् पितामह भीष्मले बाघझैं गर्जने आफ्नो शंख जोडले फुक्नु भयो |




अध्याय 1  श्लोक 13


              तत: शङ्खाश्च भेर्यश्च पणवानकगोमुखा: |
               सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् || 13||



भावार्थ :

अनि, अनायास नै शंखहरु, दमाहाहरु, स-सङ मादलहरू, नरसिंहाहरु र अन्य थरीथरीका वाद्य-साधनहरू जोड-जोडले बज्न थाले जसका कारण ठूलो कोलाहल सुनियो |


अध्याय 1  श्लोक 14

               तत: श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ |
             माधव: पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतु: || 14||


भावार्थ :


त्यसपछि, सेता घोडाहरुले तानेको ठुलो रथमा सवारी भएका श्रीकृष्ण र अर्जुनले अ-आफ्ना दिव्य शंख बजाए |

अध्याय 1  श्लोक 15

           पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जय: |
           पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर: || 15|| 


भावार्थ :

ऋषिकेश श्रीकृष्णले आफ्नो पंचजन्य नामक शंख, अर्जुनले देवदत्त, धेरै आहार खाने  जस्तोपनि काम गर्न सक्ने भीमसेनले पौन्ड्र नामको शंख बजाए |


अध्याय 1  श्लोक 16-17-18 


           अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिर: |
           नकुल: सहदेवश्च सुघोषमणिपुष्पकौ || 16||
           काश्यश्च परमेष्वास: शिखण्डी च महारथ: |
           धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजित: || 17||
           द्रुपदो द्रौपदेयाश्च सर्वश: पृथिवीपते |
           सौभद्रश्च महाबाहु: शङ्खान्दध्मु: पृथक् पृथक् || 18||



भावार्थ :

हे राजा धृतराष्ट्र ! त्यसपछि कुन्तिपुत्र राजा युधिष्ठिरले अनन्त-बिजय नामको शंख, नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामक शंख बजाए भने महाप्राण काशीराज, महारथ शिखण्डी, धृष्द्युम्न, बिराट, बलबान् सत्यकी, द्रुपद, द्रोपदी र द्रोपदी र सुभद्राका छोराहरुले पनि अ-आफ्ना शंखहरु जोडले बजाउन थाले |



अध्याय 1  श्लोक 19

स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत् |

नभश्च पृथिवीं चैव तुमुलो नुनादयन् || 19||


भावार्थ :

थरिथरिका शंखहरू बज्नाले निस्किएको ठुलो हल्लाले पृथ्वी-आकाश समेत धृतराष्ट्रका छोराहरूको हृदयलाई छियाछिया बनाउन थाल्यो |

अध्याय 1  श्लोक 20  

             अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वज: |
             प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डव:
 |
             हृषीकेशं तदा वाक्यमिदमाह महीपते || 20||
    


भावार्थ :

हे राजा ! त्यसपछि हनुमानको झण्डा भएको रथमा सबार भएर अर्जुनले आफ्नो धनुष हातमा उठाएर बाण चलाउनै लागेको बेलामा धृतराष्ट्रका सन्तानलाई सैनिक संरचनामा उभिएको भेटेर कृष्णसंग यी वचन भने :



अध्याय 1  श्लोक 21-22

             अर्जुन उवाच |
             सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत || 21||
             यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान् |
             कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे || 22||





भावार्थ :

अर्जुनले भने - हे अच्युत ! कृपया मेरो रथ दुवै सेनाहरुद्को माँझमा लगेर उभ्याउनु होस् ! यहाँ कुटील दुर्योधनको पक्षमा लागेर हामीसंग लडाई गर्न आएका को-कोसँग मैले लड्नु पर्नेछ, हेर्छु |



अध्याय 1  श्लोक 23


           योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागता: |
           धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षव: || 23||




भावार्थ :

धृतराष्ट्रको नराम्रा बिचार भएको छोरा दुर्योधनलाई खुसिपार्नका लागि लड्न यहाँ भेला भएका यी सबैलाई बुझ्न चाहन्छु |


अध्याय 1  श्लोक 24

                       सञ्जय उवाच |
                       एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत |
                       सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् || 24||



भावार्थ :

संजयले भने: हे भारत ! अर्जुनले श्रीकृष्णलाई यसरी भनेपछि उनले उनी चढेको उत्तम रथलाई दुवै सेनाका बीचमा लगेर उभ्याईदिए |


अध्याय 1  श्लोक 25

                    भीष्मद्रोणप्रमुखत: सर्वेषां च महीक्षिताम् |
                    उवाच पार्थ पश्यैतान्समवेतान्कुरूनिति || 25||


भावार्थ :

भीष्म, द्रोण एबं संसारभरिका सबै प्रमुख राजाहरुका अगाडि श्रीकृष्णले अर्जुनलाई हे पार्थ ! यहाँ युद्धका लागि भेला भएका कुरुबंशिहरुलाई हेर भन्नुभयो |


अध्याय 1  श्लोक 26

                तत्रापश्यत्स्थितान् पार्थ: पितृ नथ पितामहान् |
               आचार्यान्मातुलान्भ्रातृ न्पुत्रान्पौत्रान्सखींस्तथा || 
               श्वशुरान्सुहृदश्चैव सेनयोरुभयोरपि |
| 26||


भावार्थ :

दुवै सेनाका माँझवाट उभिएर हेर्दा असलमा अर्जुनले दुवै सेनातर्फ वुबा पर्नेहरु, हजुरबाहरु, गुरुहरू, मामाहरू, दाईभाईहरू, छोराहरू, नातिहरू, साथीहरु, ससुराहरू एवं आफ्ना शुभचिंतक समेतलाई देखे |


अध्याय 1  श्लोक 27

                 तान्समीक्ष्य स कौन्तेय: सर्वान्बन्धूनवस्थितान् || 27||
                 कृपया परयाविष्टो विषीदन्निदमब्रवीत् |



भावार्थ :

कुन्तिपुत्र अर्जुनले यसरी त्यहाँ सवै साथी-सम्बन्धिहरुलाई देखेपछि अत्यन्त करुणामय भएर पीर मान्दै यसरी भने |


अध्याय 1  श्लोक 28

              अर्जुन उवाच |
               दृष्ट्वेमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम् || 28||
               सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति |


भावार्थ :

अर्जुनले भने हे कृष्ण ! मेरा अगाडि युद्धका निमित्त उभिएका आफन्तहरुलाई देखेर मेरो शरीर कामिरहेको छ भने मुख पनि सुकिरहेको छ |

अध्याय 1  श्लोक 29-30-31

             वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते || 29||
             गाण्डीवं स्रंसते हस्तात्वक्चै व परिदह्यते |
             न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मन: || 30|| 
             निमित्तानि च पश्यामि विपरीतानि केशव |
             न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे || 31||



भावार्थ :


मेरो सम्पूर्ण शरीर थरथर कामिरहेको छ, शरीरका रौं ठडिएका छन्, मेरो गाण्डिव धनुष हातवाट चिप्लिदै छ र मेरो छाला पोलिरहेको छ |
हे केशव ! मेरो मन वरालिएको र उभिन समेत मलाई असजिलो परिरहेको छ भने अमंगल मात्रै देखिरहेको छु |
हे कृष्ण ! युद्धमा आफन्तलाई मारेर न म आफ्नो कुनै श्रेय देख्छु न ता जितेपछि प्राप्त हुने राज्य र राजकीय सुखसत्ता प्रति नै मेरो कुनै अभिरुचि नै रह्यो |


अध्याय 1  श्लोक 32-33-34-35

न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च |
किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन वा || 32||
येषामर्थे काङ्क्षितं नो राज्यं भोगा: सुखानि च |
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च || 33||
आचार्या: पितर: पुत्रास्तथैव च पितामहा: |
मातुला: श्वशुरा: पौत्रा: श्याला: सम्बन्धिनस्तथा || 34||
एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन |
अपि त्रैलोक्यराज्यस्य हेतो: किं नु महीकृते
 निहत्य धार्तराष्ट्रान्न: का प्रीति: स्याज्जनार्दन ||| 35||

भावार्थ :


हे गोविन्द ! जसका लागि हामी राज्य, भोग, सुखसम्पदाहरू चाहन्छौं तिनिहरू नै आ-आफ्नो प्राण र धनको माया मारेर युद्ध गर्न मैदानमा उभिएका छन् भने त्यो राज्य, भोग र जीवन समेतले हामीलाई के उपलब्धि भयो ? त्यसैले हे मधुसुदन ! मलाई विजय र राज्यको सुखसुबिधा केही पनि चाहिएन ! पितामहहरु, छोराहरू, हजुर-बाहरू, मामाहरु, नातिहरु, साला-जेठानहरू र अन्य नातेदारहरु लडाईं लड्न मेरा अगाडि उभिएका छन् | यो पृथ्वीको त कुरै छोडौं तीनै लोकको शासन पाए पनि म यिनीलाई मार्न चाहन्न ! यिनीहरुले नै बरु मलाई मारुन् ! हे जनार्दन ! यी धृतराष्ट्रका छोरालाई मारेर हामीलाई के आनन्द होला र ?


अध्याय 1  श्लोक 36 

           
                 पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिन: 

                  तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्स्वबान्धवान् |
             स्वजनं हि कथं हत्वा सुखिन: स्याम माधव ||36||


भावार्थ :

यस्ता पापिहरुलाई मार्यों भने पनि हामीलाई नै पाप लाग्ने छ,  त्यसैले यी धृतराष्ट्रका छोरा र अन्य बान्धवहरूलाई मार्नु हाम्रा लागि उचित छैन | हे माधव ! यी आफन्तलाई     मारेर हामीलाई के लाभ होला अनि, के सुख नै होला र ?


अध्याय 1  श्लोक 37-38

            
            यद्यप्येते न पश्यन्ति लोभोपहतचेतस: |
            कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् || 37||

            कथं न ज्ञेयमस्माभि: पापादस्मान्निवर्तितुम् |
              कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन || 38||


भावार्थ :

हे जनार्दन ! यी कौरवहरुको बुद्धि लोभले भ्रष्ट  भएकोले   यिनीहरुले आफ्ना  परिवार र मित्रहरुसंग झगडा गर्नु र मार्नुमा समेत कुनै दोष देख्दैनन् | असल र कमअसल बीचको  फरक जान्ने हामी किन  यस्तो पापकर्म गर्न तम्सिने ?


अध्याय 1  श्लोक 39

               कुलक्षये प्रणश्यन्ति कुलधर्मा: सनातना: |
               धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत || 39||



भावार्थ :

वंशको नाश संगै सनातन कुलपरम्परा पनि लोप हुन्छन् र सनातन धर्मको बाटोबाट विचलित भएको वंश पापकर्ममा संलग्न हुनसक्छ !


अध्याय 1  श्लोक 40
  
                अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रिय: |
                स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसङ्कर: || 40||


भावार्थ :


हे काले ! कुलमा अधर्म थालेपछि सो कुलका महिलाहरु नराम्रो काममा लाग्छन् र यस्ता आइमाईहरूबाट नचाहिएका वर्णसंकर सन्तानहरू जन्मिन्छन् |


अध्याय 1  श्लोक 41

                सङ्करो नरकायैव कुलघ्नानां कुलस्य च |
                पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रिया: || 41||


भावार्थ :

वर्णसंकर सन्तान जन्माएर तिनबाट सनातनधर्म लोप गर्न सघाउने कुलानाशी हुन्छन् र यस्ता कुलनाशीका पितृहररू श्राद्धकर्मको अभावले नरकमा खस्छन् |


अध्याय 1  श्लोक 42

                  दोषैरेतै: कुलघ्नानां वर्णसङ्करकारकै: |
                   उत्साद्यन्ते जातिधर्मा: कुलधर्माश्च शाश्वता: || 42||



भावार्थ :

अधर्मीले गरेका पापकर्मका कारण वर्णसंकर सन्तति उत्तपन्न हुन्छन् र तिनका पापमय कार्यहरुले जातिधर्म तथा कुलाधर्मको समेत विनाश हुन्छ |


अध्याय 1  श्लोक 43

                  उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन |
                   नरकेऽनियतं वासो भवतीत्यनुशुश्रुम || 43||

भावार्थ :

हे जनार्दन ! सनातन धर्मको विनाश गर्नेहरु सदैवका लागि नरकमा  कोचिन्छन् भन्ने  कुरा मैले परम्पराबाट सुनेको छु |

अध्याय 1  श्लोक 44
                         अहो बत महत्पापं कर्तुं व्यवसिता वयम् |
                          यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यता: || 44||


भावार्थ :

ओहो ! क्या अचम्मको कुरा कि हामी सामान्य राज्यसुख प्राप्तिका लागि आफन्तहरुलाई मार्नेजस्तो महान् पाप गर्न तम्सिएका छौं |
४५

                        यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणय: |
                       धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् || 45||



भावार्थ :

युद्धमा कुनै प्रकारको प्रतिरोध नगर्ने मलाई आफ्ना हातमा अस्त्रशस्त्र लिएर लड्नलाई तम्तयार धृतराष्ट्रका छोराहरूले मर्छन् भने बरु मेरालागि असल हुनेछ |


अध्याय 1  श्लोक 46

                                                सञ्जय उवाच |
                     एवमुक्त्वार्जुन: सङ्ख्ये रथोपस्थ उपाविशत् |
                     विसृज्य सशरं चापं शोकसंविग्नमानस: || 46||

भावार्थ :

संजयले भने : लडाईंको त्यो मैदानमा अर्जुनले एतिकुरा भनेर आफ्नो धनुवाण एकातिर पन्छाएर मनले शोकाकुल हुँदै रथमा गएर थुचुक्क बसे |


|| यसरी श्रीमद्भागवतगीताको कुरुक्षेत्रको लडाईं मैदानमा सेना निरिक्षण नामको पहिलो अध्याय सकियो ||



                             अध्याय-२

4 comments:

  1. Really i am feeling happy to get this app

    ReplyDelete
  2. Dhanyabad !!! Yo app lay Gita bujna sajilo banaidiyo.jay shree Krishna

    ReplyDelete
  3. Shree madbhagbad Geeta is such a scientific puran... .Really

    ReplyDelete