Thursday, December 13, 2018

अध्याय-१०

                                                   दशौं अध्याय - विभूतिहरूको वर्णन





श्रीभगवानले भन्नुभयो – हे अर्जुन ! फेरी पनि सुन | मैले तिमीलाई आफन्त ठानेर, तिम्रो कल्याणका खातिर दिव्य उपदेशको दिदैंछु |
मेरो जन्मका विषयमा देवताहरू र महर्षिहरूले समेत जान्दैनन् किन भने ती महर्षि र देवताहरूका जन्मको स्रोत पनि मनै हूँ |
जसले मलाई समस्त संसारको आदिस्रोत, स्वामी, अब्यय परमपिताका रूपमा बुझ्दछ, यस्तो मानिस मोहरहित तथा पापहरुबाट पनि मुक्त हुन्छ |
४-५
संसारका जीवहरूमा विवेक, ज्ञान, र शंकाबाट  मुक्ति, क्षमा, सत्य, दम, शम, सुख, दु:ख, जन्म, मरण, निर्भयता, अहिंसा, समानता, सन्तोष, दान, यश र अपयशजस्ता फरकफरक भावना मैबाट आउँछन् |
महान् सप्तमहर्षिहरू र त्यस भन्दा पहिलेका चारबटा मनुहरू मेरो मनबाट उत्पन्न भएका हुन्, जसबाट यस पृथ्वीका समस्त प्राणीहरू र मानिसहरू उत्पन्न भए |
जसले मेरो यस्तो महानता र योगशक्ति सही तरिकाले बुझ्दछ, त्यो मानिस एकनासले योगाभ्यासमा लागि पर्छ, यो कुरामा कुनै शंका गर्नु पर्दैन |
मबाट समस्त संसारको उत्पत्ति र मैबाट यसको विस्तार हुन्छ भन्ने बुझेर बुद्धिमानहरूले अत्यन्त भावनापूर्वक मेरो भजन गर्छन् |
ती बुद्धिमानहरूले मेरै बारेमा विचार गर्छन्, मैमा तिनको जीवन लागेको हुन्छ, तिनले एकआपसमा मेरै कुरा गरिरहेका हुन्छन् र मेरा कथाहरूमा सदैब रमाइलो गर्ने र सन्तोष पाउने गर्छन् |
१०
निरन्तर प्रेमपूर्वक मेरो भजन गरिरहने यस्ता भक्तहरूलाई मैले बुद्धियोग दिन्छु र त्यसैको सहयोगबाट उसले मलाई प्राप्त गर्छ |
११
म आफ्नो कृपाले तिनका हृदयमा बस्छु र ज्ञानयोगरूपी दियो बालेर तिनको सबै अज्ञानरूप अन्धकार मास्छु |
१२
अर्जुनले भने -  तपाईं परम ब्रह्म हुनुहुन्छ, परम पवित्र हुनुहुन्छ, सबैको आधार हुनुहुन्छ, शाश्वत, दिव्य, अजन्मा, प्रथम देव र महान् हुनुहुन्छ |
१३
देवर्षि नारद, असित, देवल, ब्यास जस्ता ऋषिहरूले तपाईं नै परमेश्वर भएको कुरा पुष्टि गरिरहेका छन् तपाईं आफैं पनि यही हुर भन्दै हुनुहुन्छ |
१४
हे केशव ! तपाईंले भनेका हरेक कुरा सत्य छन् भन्ने मेरो मान्यता छ भने तपाईंको असली स्वरूप देवता अथवा दानवले समेत राम्ररी जान्दैनन् |
१५
हे पुरूषोत्तम ! हे भूतभावन ! हे समस्त जीवहरूका अधिपति ! हे परमेश्वर ! हे संसारका स्वामी ! तपाईं मात्र आफ्नो असली स्वरूप चिन्नुहुन्छ |
१६
कृपा गरेर तपाईंले मलाई आफ्ना असंख्य विशिष्ट स्वरूपका (विभूतिका) विषयमा विस्तारपूर्वक मलाई भन्नुहोस् | जसले गर्दा तपाईं सर्वत्र ब्याप्त हुनुहुन्छ |
१७
हे महान् योगी श्रीकृष्ण ! मैले तपाईंलाई कसरी चिनु, कसरी तपाईंको चिन्तन गरूँ भने हजुरलाई कुन् भावले उपासना गरिन्छ ?
१८
हे जनार्दन ! कृपा गरेर आफ्नो सामर्थ्य र शक्तिका वारेमा विस्तारपूर्वक वताउँनु होस् | तपाईको मिठो बोली सुनेर मलाई जीवन भरी थकाई लाग्दैन |
१९
भगवानले भन्नुभयो – हे कुरुश्रेष्ठ ! सुन | मैले तिमीलाई आफ्ना केही प्रमुख तर असीम स्वरूपहरूका वारेमा विस्तार गरेर भन्छु |
२०
हे गुदाकेश अर्जुन ! म समस्त जीवात्माका अन्तरात्मामा बस्ने आत्मा हूँ भने म नै समस्त विश्वको आरम्भ, मध्य र अन्त्य पनि हूँ |
२१
म आदित्यहरूमा विष्णु, किरणवालहरूमा तेजस्वी सूर्य, बतासहरूमा मरिची र नक्षत्रहरूमा चन्द्रमा हुँ |
२२
म वेदहरूमा साम, देवाताहरूमा स्वर्गको राजा, इन्द्रियहरूमा मन र जीवहरूमा चेतनशक्ति म नै हुँ |
२३
म रुद्रहरूमा शंकर, यक्ष-राक्षसहरूमा कुवेर, वसुहरूमा अग्नी हुँ भने पहाडहरू मध्ये मेरू म नै हुँ |
२४
हे पार्थ ! म पुरोहितहरूको प्रमुख वृहस्पति, सेनापतिहरू मध्ये कार्तिकेय र जलाशयहरूमा सागर हुँ भनेर बुझ |
२५
म महर्षिहरूमा भृगु, बोलीहरूमा ॐकार, यज्ञहरुमा जप र जड वस्तुहरूमा हिमालय हुँ |
२६
रूखहरुमा पिपल, देवर्षिहरूमा नारद, गन्धर्वहरूमा चित्ररथ र सिद्ध पुरुषहरूमा मलाई कपिल भनेर चिन |
२७
म घोडाहरुमा समुन्द्र मन्थनबाट उत्पन्न उच्चैश्रवा, हात्तीहरूमा ऐरावत हुँ भने मानिसहरुमा राजा हुँ  |  
२८
हतियारमा बज्र, गाईहरूमा कामधेनु, प्रजनन कर्ताहरूमा कामदेव र सर्पहरूमा वासुकी पनि म नै हुँ |
२९
नागहरुमा अनन्त, जलचर्हरूमा बरुण, पितृहरुमा अर्यमा, अनुशासन कर्ताहरूमा म यमराज हुँ |
३०
दैत्यहरूमा प्रह्लाद, नाशकर्ताहरूमा काल, मृगहरूमा सिंह, चराहरूमा म गरूड नामक चरा हुँ |
३१
पवित्रकर्तामा बायु, शस्त्रधारीहरूमा राम, माछामा गोही र नदीहरूमा गंगा म नै हुँ |
३२
हे अर्जुन ! समयको आदि, मध्य र अन्त्य म नै हुँ भने विद्यााहरूमा अध्यात्म-विद्या र तर्कमा त्यसको सार सत्य हुँ |
३३
अक्षरमा मकार, समासहरूमा द्वन्द्व-समास, समयमा शाश्वत-समय र सृष्टिकर्ताहरूमा ब्रह्मा म नै हुँ |
३४
हरणकारीमा मृत्यु भने उत्पन्न हुने विषयहरूमा त्यसको नियम पनि म नै हुँ | नारीहरूमा रहेका स्मृति, कीर्ति,  मीठो बचन,  बुद्धि,  धृति  र  क्षमाजस्ता गुण पनि म नै हुँ | 
३५
सामवेदका ऋचाहरूमा बृहत्साम, छन्दहरूमा गायत्री, महिनाहरूमा मंसीर र ऋतुमा कुसुमाकर वसन्त म नै हुँ |
३६
ठग-विद्यामा जुवा, तेजस्वीहरूको तेज, विजय, साहस, र बलबानहरूको बल पनि म नै हुँ |
३७
वृष्णीहरूमा बासुदेव, पाण्डवहरूमा धनन्जय, मुनिहरूमा ब्यास र कविहरूमा शुक्राचार्य अर्थात् उशना पनि म नै हुँ भनेर बुझ |
३८
दमनकारीहरूमा दण्ड, बिजयको चाहना राख्नेहरूका लागि सदाचार, रहस्यमय आचरणमा मौन र ज्ञानबानहरूमा म बुद्धि हुँ |
३९
हे अर्जुन ! अझै भन्ने हो भने म समस्त प्राणीहरूको बीज-कारण हुँ र कुनै पनि प्राणी म बाहेक रहँन सक्दैन |
४०
हे परन्तप अर्जुन ! मेरा दिव्य विभूतिहरूको कुनै लेखाजोखा छैन, ती अनन्त छन् | मैले तिमीलाई भनेका त केही उदाहरणमात्र हुन् |
४१
समस्त बैभव, सुन्दरता र यो महान् सृष्टि सबै मेरो सानो शक्तिबाट उत्पन्न भएका हुन्, यो कुरा तिमीले बुझ |
४२
तर हे अर्जुन ! तिमीले यी सबै विविधा-युक्त कुरा बुझेर के गर्छौं ? एक्लो मलाई सर्वब्यापक र समस्त सृष्टिको धारणकर्ता भएको कुरा बुझे पुग्छ |

|| यसरी श्रीमद्भगवत्-गीताको विभूतियोग नामक दशौं अध्याय सकियो ||

No comments:

Post a Comment