१
माथितिर जरा भएको, तलतिर हाँगाविंगा फिंजिएको वेदका छन्दहरू पातहरू भएको एउटा अविनाशी पीपलको रुख छ, जसले त्यस रुखलाई जान्दछ उही वेदको जानकार हुन्छ |
२
यस रुखका हाँगाविगा माथितिर फैलिएका छन् | यसको हेरविचार त्री-गुणबाट भएको छ | विषय सुखहरू यसका हाँगा हुन् | यस रूखका जराहरू तलतिर फैलिएका छन् र समस्त मरणशील मानिसहरू आफ्ना कर्म बन्धनबाट बाँधिएका छन् |
३
मनुष्यले त्यस रूखको परिवर्ततितलाई देख्न सक्छ न ता त्यसको आरम्भलाई | यस पीपलको आदि-अन्त्य कहाँ छ भन्ने कुरा अज्ञातस्थलमा छ | वैराग्यरूपी शस्त्रले यसका गहिराजराहरू काटेर |
४
त्यसपछि त्यस महान् तत्वको खोजि गर्नुपर्छ जसलाई प्राप्त गरेपछि फेरी यस संसारमा फर्किनु पर्दैन | त्यस्तो ठाउँमा पुगेर मानिसले ‘म तस्तो परमपदको शरण पर्छु जहाँबाट समस्त सृष्टिको सुरुको धारा आरम्भ हो’ भन्न सक्छ |
५
जो अभिमान, मोह र नराम्रो संगतबाट मुक्त छन्, जो कामवासना, मानसिक द्वन्द सुख-दु:ख नामक संवेदनाबाट मुक्त भई आध्यात्ममा भिजेका छन्, ती ज्ञानीहरूले त्यो अब्यय ठाउँ प्राप्त गर्छन् |
६
त्यो मेरो दिब्य धाम सूर्य, चन्द्र र आगोको प्रकाशले प्रकाशित नभई मेरो महिमाले प्रकाशित छ, जहाँ पुगेपछि पुन: संसारमा फर्किनु पर्दैन |
७
मेरो सूक्ष्म झिल्का नै यस संसारमा सनातन जीवका रूपमा प्रकट हुन्छ र मन-सहित छ प्रकारका इन्द्रियहरूहरूको बन्धनमा परेर प्राकृतिक गुणहरूमा रुल्मुलिन पुग्छ |
८
वायुले विभिन्न प्रकारका गन्धलाई एक ठाँउबाट अर्को ठाउँमा पुर्याएझैँ शरीरको स्वामी जीवले अनेक थरिका जीवनहरू छोड्छ र धारण गर्छ |
९
यस जीवले मनको वरिपरी रहेर कान, आँखा, छाला, जिब्रो र नाकका माध्यमबाट सांसारिक विषयहरूको उपभोग गर्दछ |
१०
मायामा परेका जीवहरूले कसरी शरीर त्यागिन्छ र कस्तो शरीरमा रहेर जीवले प्राकृतिक गुणहरूको उपभोग गरिरहेको हुन्छ भन्ने रहस्य बुझ्दैनन् तर ज्ञानीले यो सबै कुरा आफ्नो ज्ञान-दृष्ठिबाट बुझिरहेको हुन्छ |
११
आत्म-साक्षात्कारमा प्रयत्नरत योगीहरूले यो कुरा राम्रैसंग देख्न सक्छन् तर अपरिपक्व र ज्ञान अविकसित भएकाले यो तत्थ्य देख्न सक्दैनन् |
१२
विश्वको अन्धकार नाश पार्ने सूर्यको प्रकाश, अग्निको दाहकत्व, चन्द्रमाका सुन्दर किरणहरू मेरै भएको बुझ |
१३
हरेक जीवका भित्र प्रवेश गरेर मैले आफ्नो तेजले तिनलाई धारण गर्छु | म चन्द्रमा भएर समस्त औषधिहरूलाई औषधीय गुण दिन्छु |
१४
म समस्त जीवहरूको शरीरमा वैश्वानर नामक अग्निका रूपमा प्राणबायु बनेर चार-प्रकारका अन्नलाई पचाउछु |
१५
म समस्त जीवका हृदयमा विद्यमान छु | मबाट नै स्मृति, ज्ञान र विस्मृतिहरू आउंछन् | वेदहरूका माध्यमबाट मलाई नै चिनिन्छ भने वेदान्तको रचयिता र वेदहरू विज्ञ पनि म नै हुँ |
१६
सय संसारमा नाशवान् र शाश्वत गरी दूई प्रकारका जीव छन् | भौतिक-जगतका जीवहरू नाशवान् हुन्छन् भने आध्यात्मिक जगतका जीवहरू अविनाशी हुन्छन् |
१७
यी दुवै बाहेक एउटा उत्तम अविनाशी परमात्मा हुनुहुन्छ, जसले तीनै लोक भित्र रहेर ईश्वरका रूपमा समस्त जीवहरूको लालन-पालन गरिरहनुहुन्छ |
१८
मेरो स्वरूप सर्वश्रेष्ठ छ | म शाश्वत र अशाश्वत भन्दा पर छु | यस संसारमा म परम पुरुष कहलाउँछु भने वेदहरूले पनि मलाई उत्तम पुरुषका रूपमा चिन्छन् |
१९
जसले मोहरहित भएर मलाई नै पुरुषोत्तमका रूपमा चिन्दछ, हे अर्जुन ! यस्तो सर्वज्ञाताले समग्ररूपमा सधैं-सधैं मेरो आराधना गर्छ |
२०
हे पापरहित अर्जुन ! यसरी तिम्रो लागि मैले यो गोपनीय शास्त्र प्रकट गरें | यसलाई राम्रोगरी बुझ्ने बुद्धिमान कहलाउँछ भने त्यसले गरेका सम्पूर्ण कार्यहरू भरिपूर्ण भएको ठहरिन्छ |
|| यसरी श्रीमद्भगवत्-गीताको ‘पुरुषोत्तमयोग’ नामको पन्ध्रौं अध्याय सकियो ||
No comments:
Post a Comment